कांग्रेस महाधिवेशन : केन्द्रीय समितिमा सभापति देउवाकाे बर्चश्व, दुई तिहाइ बढीकाे साथ

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिमा सभापति शेरबहादुर देउवालाई दुई तिहाइ बढी केन्द्रीय सदस्यको समर्थन हुने देखिएको छ। कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको पछिल्लो परिणामले देउवा समूहबाट उम्मेदवार बनेका नेताहरूको केन्द्रीय समितिमा दुई तिहाइभन्दा बढी उपस्थिति देखिएको हो।

मंगलबार साँझसम्मको मतगणनाअनुसार देउवाइतर समूहको कमजोर उपस्थितिले देउवालाई पार्टीभित्र थप शक्तिशाली बनाउने देखाएको छ। पार्टी पदाधिकारीमा मिश्रित परिणाम आए पनि केन्द्रीय सदस्यमा भने देउवानिकट नेताको पक्षमा परिणाम देखिएको छ।

नौ स्थानका लागि भएको महिला खुलातर्फ देउवाइतर समूहबाट सरिता प्रसाईं मात्र निर्वाचित भएकी छन् भने अन्य आठजना देउवा समूहबाट निर्वाचित भएका छन्।

चार पदका लागि भएको मधेसी महिलामा सबै देउवानिकट निर्वाचित भएका छन्। इतर समूहबाट प्रतिस्पर्धामा उत्रिनुभएकी निवर्तमान केन्द्रीय सदस्य किरण यादव पराजित हुनुभएकाे छ। उहाँलाई पछि पार्दै मधेसी महिला समूहबाट मञ्जुकुमारी यादव, नागिना यादव, मुक्ताकुमारी यादव र मीनाक्षी झा निर्वाचित भएका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×