काठमाडौँ। गायक आशिष सचिनको आवाज रहेको गीत ‘झ्याइँ झ्याइँ पन्चे बाजा’ सार्वजनिक भएको छ। गीतमा महेश आचार्यको शब्द तथा शडी योगीको संगीत रहेको छ। त्यसैगरि गायक आशिषलाई आवाजमा ऋतिका श्रेष्ठले साथ दिएकी छिन्। गीतको भिडियोमा गायक आशिष अभिनेत्री आँचल शर्मा र जेरी भण्डारीको प्रस्तुती रहेको छ। भिडियो कविराज गहतराजको निर्देशनमा तयार भएको हो। गीतको भिडियो युट्युब च्यानल 'नेस स्टुडियो'मा उपलब्ध छ।