काठमाडौँ - विगत एक दशक यता कलाकारीतामा सक्रिय युवा कलाकार लक्ष्मण श्रीले एक्सेलेन्ट अर्वाड पाएका छन्। दोस्रो राष्ट्रीय ग्राण्ड म्युजिक अवार्ड २०७८मा उनलाई सो अवार्ड दिइएको हो।
शिक्षा विज्ञान तथा प्रविधी मन्त्रि देवेन्द्र पौडेलले उनलाई सम्मान तथा अवार्ड प्रदान गरेका हुन्। उनले थुप्रै गीतहरूमा गायन अभिनय तथा नृत्य गरेका छन्।
उनले गाएका गीतहरूमा हिमालको काखैमा, श्रृष्टिकी रचना हौ, मेरा हरेक सफलतामा, यो दिलमा नाम लेख्ने, इतिहासको पानामा लगायत चर्चित गीत हुन्।
यस्तै वरिष्ठ लोक गायक अमरविरही गुरुङलाई लाइफटाइम अचिभमेन्ट अवार्ड, राष्ट्रिय पत्रकार सम्मान पत्रकार विपुल पोखरेललाई र दशकका श्रष्टा सम्मानमा सर्जक करण न्यौपाने लगायतलाई विभिन्न अवार्ड मार्फत सम्मान गरिएको छ।