तनहुँ - तनहुँको आँबुखैरेनी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अध्यक्ष र उपाध्यक्ष दुबै पदमा जित हासिल गरेको छ। गाउँपालिका अध्यक्षमा शुक्र चुमान र उपाध्यक्षमा दुर्गा अर्याल निर्वाचित भएका छन्।
चुमानले तीन हजार नौ सय ४० मत पाए भे उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका गिरबहादुर थापाले दुई हजार दुई सय ३० मत प्राप्त गरे। थापा निर्वतमान अध्यक्ष पनि हुन्। उपाध्यक्षमा अर्याल दुई हजार आठ सय ४८ मत प्राप्त गरी निर्वाचित भइन्। प्रतिस्पर्धी नेपाली काङ्ग्रेसकी पवित्रा गौलीले दुई हजार एक सय ८३ मत प्राप्त गरिन्।
छ वटा वडा रहेको आँबुखैरेनीमा नेकपा माओवादीले तीन, नेपाली काङ्ग्रेसले दुई र नेकपा एमाले ले एक वडामा वडाध्यक्ष जितेको छ। माओवादीले आँबुखैरेनी वडा नम्बर १, २ र ५ मा विजय हासिल गरेको छ। नेपाली काङ्ग्रेसले वडा नम्बर ३ र ४ मा विजय हासिल गरेको छ भने नेकपा एमालेले वडा नम्बर ६ मा विजय हासिल गरेको छ।
२०७४ मा आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र बहुमत वडा जितेको काङ्ग्रेस यो पटक दुई वडामा मात्रै सीमित भएको छ।