'जर्सी'को ट्रेलर आज आउने

भारत। बलिउड अभिनेता शाहिद कपूरको आउँदो चलचित्र 'जर्सी'को पोस्टर सार्वजनिक गरिएको छ। साथै चलचित्रको ट्रेलर सार्वजनिक गर्ने घोषणा पनि गरिएको छ। चलचित्रको ट्रेलर आज नेपाली समय अनुसार ५ ४५ बजे सार्वजनिक गरिनेछ। चलचित्रको पोस्टरमा अभिनेता शाहिदलाई क्रिकेटरको पोशाकमा देख्न सकिन्छ। पोस्टर शेयर गर्दै शाहिदले लेखेका छन् "यहि समय हो। हामीले २ वर्षसम्म यो इमोसन तपाईहरू माझ शेयर गर्न पर्खिएका छौँ। यो खास पात्र हो। आभार व्यक्त गर्न मसँग शब्द छैन। मलाई आशा छ कि तपाईहरुले सोहि महसुस गर्नुहुनेछ जुन मैले उसलाई खेल्दा महसुस गरेको थिए।" जर्सी तमिल चलचित्रको आधिकारिक हिन्दी रिमेक हो। चलचित्रमा शाहिदका अलावा मृणाल ठाकुर र पंकज कपूर पनि मुख्य भूमिकामा रहेका छन्। चलचित्र गौतम तिन्नुरीको निर्देशनमा तयार भएको हो।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×