काठमाडौँ l चलचित्र तथा मनोञ्जन क्षेत्रमा सम्बन्ध गाँसिनु र टुट्नु सामान्य भएको छ l यसैबिच खबर आएको छ कि अभिनेत्री नम्रता श्रेष्ठ र प्रेमी दावा स्टिभन शेर्पाको चार वर्षदेखिको प्रेमसम्बन्ध टुंगिएको छ l हाल उनी एक्लो जीवन रमाइलो भन्ने किसिमको प्रतिक्रिया दिइरहेकी छिन् l खबरका अनुसार उनले भनिन् "जहिलेसम्म हामी एक अर्कामा कम्फर्टेबल थियौँ, हामी सँगै थियौँ’, ‘कम्फर्टेबल नभएपछि हामी अलग भएका छौँ।" पर्यटन व्यवसायी दावा स्टिभन शेर्पा र नम्रता श्रेष्ठको विवाहको पनि हल्ला चलेको थियो l