काठमाडौँ - फिल्म 'आरआरआर' मार्फत दक्षिण भारतिय फिल्म क्षेत्रमा कदम राखेकी अभिनेत्री आलिया भट्टले आफूलाई दक्षिण भारतिय फिल्ममा पाइला टेकाउने निर्देशक एसएस राजमौलीलाई आफ्नो सामाजिक संजाल इन्स्टाग्राममा अन्फलो गरेकी छिन्। यतिमात्र नभइ उनले आफ्नो इन्स्टाको अकाउन्टबाट 'आरआरआर'सँग सम्बन्धित अधिकतम तस्बीर तथा पोस्टहरु पनि डिलिट गरेकी छिन्।
अब आलियाको फलोइङ लिस्टमा एसएस राजमौलीलाई देख्न सकिन्न। आरआरआरमा रहेका आफ्ना केही निश्चित सिनका विषयमा उनले राजमौलीसँग चित्त दुखाएको हल्ला चलिरहेको छ। तर यो कुरा कहाँसम्म सत्य हो भन्नेबारेमा भने जानकारी आएको छैन।