बाजुरामा थपिए १ हजार ३ सय मतदाता

बाजुरा– स्थानीय तहको निर्वाचनपछि निर्वाचन आयोगले सुरु गरेको फोटोसहितको मतदाता नामावली संकलन अन्तर्गत दुई महिनामा एक हजार तीन सय ७९ नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ। असारबाट सुरु भएको फोटोसहितको मतदाता नामावली संकलन कार्य सरकारले सङ्घ र प्रदेशको निर्वाचन गर्ने घोषणापछि साउन १९ गतेबाट मतदाता नामावली संकलन रोकिएको छ।

साउन १९ सम्म जिल्लामा एक हजार तीन सय ७९ मतदाताले नामावली भरेको जिल्ला निर्वाचन कार्यालय बाजुराका सूचना अधिकारी विशाल पुडासैनीले बताएका छन्। फोटोसहितको मतदाता नामावली जिल्ला बाहिरका १३ जनाले पनि बाजुराबाट नाम दर्ता गराएको सूचना अधिकारी पुडासैनीको भनाइ छ।

यो संख्या थपिएसँगै जिल्लामा ८८ हजार दुई सय १४ मतदाता सङ्ख्या पुगेको छ। वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा ८६ हजार आठ सय ३५ मतदाता रहेका थियो। 

मतदाता नामावलीमा नाम दर्ता गराएकामध्ये केहीको उमेर नपुगेर घट्न सक्ने जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी नवराज अवस्थीले बताएका छन्। जिल्ला बाहिर दर्ता गराएको नामावली कार्यालयमा नआएको कारण यकिन तथ्यांक यही हो भन्न नसकिने जिल्ला निर्वाचन अधिकारी अवस्थीको भनाइ छ। गत मङ्सिर ३ गतेसम्म १८ वर्ष पूरा गरेकाले मतदान गर्न पाउने निर्वाचन आयोगले निर्णय गरेको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×