दङ्गीशरणको अध्यक्ष–उपाध्यक्षमा कांग्रेसको जित

दाङ - दाङको दङ्गीशरण गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रस शम्मु गिरी र उपाध्यक्षमा पीमाकुमारी खड्काले विजय हासिल गरेका छन्। नवनिर्वाचित गिरीले पाँच हजार ७६७ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का मेघनाथ शाहले चार हजार ४९ मत प्राप्त गरेका छन्। नेकपा (माओवादी केन्द्र)का उम्मेदवार मनिराम चौधरीले एक हजार ७८३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय दङ्गीशरणले जनाएको छ।

त्यस्तै उपाध्यक्षमा कांग्रेसका पीमाकुमारी खड्का चार हजार ७७९ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका बुधनी चौधरीले चार हजार ३११ र माओवादीका निर्मला चौधरीले एक हजार ८४६ मत प्राप्त गरेका छन्। खड्का यसअघि पनि गाउँपालिकाको उपाध्यक्ष जित्न सफल भएका थिए। अध्यक्ष एमालेले जितेको थियो। कूल १८ हजार १०६ मतदाता रहेकामा १३ हजार ८७  अर्थात् ६६.७३ मत खसेको थियो।

तुलसीपुर उपमहानगरपालिका–१७ मा मतदान सुरु
दाङको तुलसीपुर उपमहानगरपालिका–१७ मा मतदान सुरु भएको छ। एमालेका वडाध्यक्षमा उम्मेदवार बन्नुभएका लबरु चौधरीको निधन भएपछि स्थानीय तहको निर्वाचन यही जेठ ३ गते सारिएको थियो।

निर्वाचन  सहायक अधिकृत ढकबहादुर रावतका अनुसार जनकल्याण मावि दूधरास र दीपेन्द्र मावि मानपुरमा मतदानस्थल तोकी त्यहाँ सातवटा मतदान केन्द्र राखिएको छ। दूधरासमा दुई हजार ७३४ र मानपुरमा तीन हजार ३८३ मतदाता सङ्ख्या  छ। सो वडाको मतदान सकिएपछि आज बेलुकाबाट तुलसीपुर उपमहानगरपालिकाको मतगणना सुरु गरिने निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरले जनाएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×