काठमाडौँ - अभिनेता मनिष राउतले फिल्म ‘शमशेर’बाट निर्देशनमा डेब्यु गर्ने भएका छन्। फिल्मको मुख्य भुमिकामा अभिनय उनले गर्दैछन्। यस्तै सिनेमाको कलाकारमा अभिनेता सुनित थापा पनि थपिएका छन्।
ओस्कार कलेजबाट सिनेमा निर्माणमा ब्याचलर गरेका मनिष अहिले एभरेष्ट फिल्म एकेडेमीमा प्रशिक्षकको रुपमा काम गरिरकेका छन्। ‘शमशेर’को स्कृप्ट राम्रो भएकाले पनि आफुले निर्देशनमा डेब्यु गर्न लागेका अभिनेता राउतले बताए। उनि आगामी दिनमा अभिनय र निर्देशनलाई समानन्तर रुपमा अगाडि बढाउने सोचमा रहेका छन्। हाल सिनेमाको अभिनेत्री छनोट कार्य भैरहेको छ।
अभिनेत्री छनोट भएसँगै वर्कसप गरेर फिल्मकाे छायांकन सुरु गरिने अभिनेता राउतले बताएका छन्। सिनेमामा गौरव पहारी, हिमेश पन्त, सुमन गौतम, दिपक कोइराला, सुमन थापा, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुली लगायतका कलाकारको अभिनय रहनेछ।