सभापतिमा उम्मेदवारी घोषणासँगै अवधारणापत्र सार्वजनिक गर्दै प्रकाशमान सिंह

काठमाडौं । कांग्रेस नेता प्रकाशमान सिंहले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारीसँगै अवधारणापत्र सार्वजनिक गर्ने भएका छन्। सिंहले शनिबार बिहान सिंहदरबार मुल गेट अगाडि ट्राफिक कार्यालयसँग रहेको स्काइ बैंक्वेटस्थित सम्पर्क कार्यालयमा उम्मेदवारीसँगै अवधारणा सार्वजनिक गर्ने भएका हुन्।

कांग्रेसको महाधिवेशन आजबाट सुरु हुँदैछ। संस्थापनइतरले सभापतिमा साझा उम्मेदवारको कसरत गरे पनि योजना सफल हुन सकेको छैन। हालको समीकरण अनुसार इतर समूहबाट सिंह र शेखर कोइराला चुनावी मैदानमा उत्रिने देखिन्छ। संस्थापन पक्षबाट भने सभापति शेरबहादुर देउवा पुनः सभापतिका उम्मेदवार बन्दैछन्। कोइरालाले सामाजिक सञ्जालमा ‘एक पटक, यसै पटक’ भन्दै प्रचार अभियान थालिसकेका छन्।

संस्थापनइतरबाट एउटै साझा उम्मेदवार बनाउनुपर्ने मतमा रहेका गगन थापाले बिहीबार महामन्त्रीमा उम्मेदवारीसँगै अवधारणा सार्वजनिक गरिसकेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×