काठमाडौँ - अभिनेत्री नम्रता श्रेष्ठ अभिनीत ‘नारी’ बोलको र्याप गीत सार्वजनिक भएको छ। मंगलवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको उक्त गीतमा प्रज्वल श्रेष्ठको म्यूजिक, मिक्सिङ र मास्टरिङ छ भने शब्द रचना गायक श्रेष्ठ र सेडी पोपाटको रहेको छ। गीतमा र्याप गायन श्रेष्ठ र पोपाट दुवैको रहेको छ।
नयाँ बानेश्वरमा रहेको अडियो र भिडियो उत्पादक कम्पनी मुनस्टोन प्रोडक्सनले निर्माण गरेको गीतको भिडियोमा नम्रतासँगै आशिष मगर र यूनिका केसीले अभिनय गरेका छन्। महिलामाथि हुने घरेलू हिंसाको कथामा निर्माण भएको भिडियोमा नम्रताले जीवन्त अभिनय गरेकी छन्। आफूमाथि हुने कुनै पनि प्रकारको हिंसाको प्रतिकार गर्नुपर्छ भन्ने सन्देश भिडियोले दिन्छ।