‘आँखा’मा अभिनेत्री निशा अधिकारी अनुबन्धित

काठमाडौँ - जोन योञ्जनको निर्देशनमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘आँखा’मा अभिनेत्री निशा अधिकारी अनुबन्धित भएकी छन्। उनीसँगै कलाकार आरके मेहता रोशन पनि अनुबन्धित भएका छन्। 

फिल्म २४ वैशाखबाट फ्लोरमा जाने निर्माण टिमले जनाएको छ। निशाले झण्डै पाँच वर्षअघि क्रिकेटर शरद भेस्वाकरसँग विवाह गरेकी थिइन्। त्यसयता उनी फिल्ममा सक्रिय देखिएकी थिइनन्। निशा अभिनित पछिल्लो फिल्म ‘पोखराकी काली’ थियो। २०७४ सालमा विवाह गरेकी निशाले २०७७मा कमब्याक गर्ने मनसाय बनाएको तर कोभिडका कारण दुई वर्ष पछि धकेलिएको गुनासो पोखेकी छिन्। 

दुई वर्षअघि निशाले महिनावारको मुद्दामाथि सर्ट फिल्म ‘कति पर’को निर्देशन गरेकी थिइन्। अब भने निशा धमाधम फिल्ममा व्यस्त हुन थालेकी छन्। उनको कमब्याक रहेको फिल्म ‘म’को पोस्ट प्रोडक्सनको काम भइरहेको थियो। शुक्रबारबाट भने निशा ‘जलेबी’ फिल्मको सुटिङमा व्यस्त हुनेछिन्। 

फिल्म ‘आँखा’ सिनेमा प्रोडक्सन हाउसले निर्माण गर्दैछ। फिम ‘आँखा’ मध्यमवर्गीय परिवारको कथा हो। धनी र गरिबबीचको द्वन्द्व र मानवताको पाटोलाई दर्शाउने गरी फिल्म निर्माण गर्न लागिएको निर्माण टिमले जनाएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×