पाकिस्तानकी दिग्गज गायिका नय्यरा नूरकाे निधन

काठमाडौँ - पाकिस्तानकी दिग्गज गायिका तथा ‘बुलबुल-ए-पाकिस्तान’नामबाट चर्चित नय्यरा नूरकाे निधन भएकाे छ। उनकाे ७१ वर्षकाे उमेरमा निधन भएकाे हाे।

नूरकाे परिवारले उनकाे निधनकाे पुष्टि गरेकाे हाे। उनलाई साहित्य, कला, विज्ञान, खेल क्षेत्रकाे सर्वोच्च सम्मान ‘तमगा-ए-हसन कारकुर्दगी’बाट पनि सम्मान गरिएकाे थियाे।

यसका साथै विभिन्न किसिमका सम्मानबाट उनलाई सम्मान मिलिसकेकाे छ।

‘तेरा साया जहां भी हो सजना’, ‘पलक बिछा दूं’, ‘मुझे दिल से ना भुलाना’, ‘चाहे रोके जमाना’, ‘टूट गया सपना’, इतना भी ना चाहो मुझे, ‘तू ही बता’, ‘पगली पवन’, ‘वतन की मिट्टी गवाह रहना’, ‘ऐ जज्बा-ए-दिल’जस्ता गीत दशकाैँदेखि भारत र पाकिस्तानका लाखाैँ प्रशंसकहरू गुनगुनाउँछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×