राप्रपाको केन्द्रीय समिति बैठक भोलीदेखी, के-के छन् एजेण्डा ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमिति बैठक भोली (आइतबार) देखि बस्ने भएको छ । बैठक काठमाडौंको धुम्बाराहीस्थित एसआर बैंक्वेटमा बस्ने भएको हो ।

आइतबारदेखि सुरु हुने बैठक पुस ३ गतेसम्म जारी रहने पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए । बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समिक्षा, पार्टीको रणनीति र भावी कार्यदिशा सम्बन्धमा ब्रिफिङ् गर्ने कार्यतालिका छ ।

यस्तै सचिवालय र कोषाध्यक्षको प्रतिवेदन पनि प्रस्तुत हुने उनको भनाइ छ। त्यसैगरी बैठकमा भूगोल केन्द्रीत कार्यक्रमको समिक्षा र समूहगत छलफल हुने एजेण्डा पनि तय भएको छ ।

पार्टीले निकट भविष्यमा सञ्चालन गर्ने र केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पारित गरी अनुमोदनका लागि अनुमति प्रदान गरेको आन्दोलन सम्बन्धि प्रस्तावमाथि पनि छलफलका लागि पेश हुने उनले बताए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×