काठमाडौँ - बलिउड अभिनेत्री आलिया भट्टले फिल्म 'जुनियर एनटीआर ३०' छोड्ने निर्णय गरेकी छिन्।
केही समयअघि 'आरआरआर'को प्रोमोशनमा आलिया आफैले दक्षिण भारतीय अभिनेता जुनियर एनटीआरसँग अर्काे फिल्ममा काम गर्ने बताएकी थिइन्। भारतीय सञ्चार माध्यम बलिउड लाइफका अनुसार आमा बन्ने भएपछि आलियाले फिल्म छोड्ने निर्णय गरेकी हुन्। तर आलिया र निर्माण टिमले आधिकारिक जानकारी दिएका छैनन्।
यो फिल्मलाई कोरतल्ला शिवाले निर्देशन गर्दैछन्। आलियाले कोरतल्लासँग काम गर्न उत्साहित रहेको बताएकी थिइन्। फिल्ममा आलिया र जुनियर एनटीआरको मुख्य भूमिका रहने भएको थियो। फिल्मको लागि आलिया र निर्माण टिमबीच मौखिक सम्झौता मात्रै भएको थियो।
'गंगूबाई काठियावाडी' र 'आरआरआर' सुपरहिट भएपछि आलिया अभिनेता तथा श्रीमान रणवीर कपूरसँग 'ब्रह्मास्त्र'मा देखिँदैछिन्।
आयन मुखर्जी निर्देशित फिल्ममा आलिया र रणवीरसँगै अमिताभ बच्चन, नागार्जुन र मोनी रोयको मुख्य भूमिका रहेको छ।