जाबेउर युएस ओपनको क्वार्टरफाइनलमा

काठमाडौँ - ट्युनिसियाकी ओन्स जाबेउर युएस ओपन टेनिस प्रतियाेगिताकाे क्वार्टरफाइनल प्रवेश गरेकी छिन्। उनी आज सम्पन्न खेलमा रसियाकी भिराेनिका कुडेरमेटाेभमलाई २-० काे साेझाे सटमा हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेकी हुन्।

जाबेउरले आर्थर एस स्टेडियममा खेल ७-६ (७-१) र ६-४ ले आफ्नो पक्षमा पारिन्। त्यस्तै, अजला टाेमल्जानाेभिच, क्याराेलिना गार्सिया र काेकाे गाैफले पनि आ-आफ्नाे खेलमा जित हात पार्दै क्वार्टरफाइनमा स्थान सुरक्षित गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×