ल्यान्डफिल साइट नसारेसम्म उडान असम्भव

काठमाडौँ - निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधार करिब अन्तिम चरणमा पुगेको छ। भौतिक पूर्वाधारका हिसाबले विमानस्थल तयार भइसके पनि हवाई उडान र अवतरण अझै अनिश्चित छ। किनकि विमानस्थल सञ्चालनमा रहेका अप्ठेरा अझै हटिसकेका छैनन्।

विमानस्थल सञ्चालनका ती अवरोध नहटेसम्म हवाई उडान र अवतरण गराउन नसकिने सरोकारवालाको भनाइ छ। हवाई उड्डयन क्षेत्रका प्राविधिकहरूले पोखराको यो विमानस्थल सञ्चालनमा सबैभन्दा ठुलो अवरोध विमानस्थलनजिकैको ल्यान्डफिल साइट रहेको बताएका छन्। पोखरा महानगरले फोहोर व्यवस्थापन गरिरहेको ल्यान्डफिल साइट कहाँ र कहिलेसम्म हटिसक्छ भन्ने अझै निश्चित छैन। 

अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिलेको ल्यान्डफिल साइट करिब दुई किलोमिटर दुरीमा पर्छ। विमानस्थलनजिक फोहोर व्यवस्थापन गर्दा त्यसले चरा आकर्षित गर्ने र त्यसका कारण हवाई उडान र अवतरणमा जोखिम निम्तिने विज्ञहरूले बताइरहेका छन्। त्यसले गर्दा ल्यान्डफिल अन्यत्र सार्नुपर्ने बाध्यता महानगरलाई छ। आजको नागरिक दैनिकमा समाचार छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×