काठमाडौँ। चलचित्र ‘हेल्लो जिन्दगी’को प्रदर्शन मिती परिवर्तन गरिएको छ। ११ चैत्रबाट प्रदर्शनमा आउने भनिएको चलचित्र अब चैत्र १८ गतेबाट प्रदर्शनमा आउने भएको हो । चैत्र ११ गते दक्षिण भारतीय चलचित्र ‘आरआरआर’ आउने भएकाले चलचित्र पछि सारिएको निर्माण पक्षले बताएको छ।
एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको चलचित्रको छायांकन बेलायतमा गरिएको हो। चलचित्रमा विक्रम डि जोशी, दीपिका प्रसाई, प्रियंका कार्की, विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, एभरेष्ट सूर्य बोहरा, सविता गुरुङ, सनमकुमार बैराग, बिभिया श्रेष्ठ, जानकी पन्त, ध्रुव दत्त, कुमुद पन्त आदि कलाकारहरुको अभिनय रहेको छ।
सत्य घटनामा आधारित चलचित्रका निर्माता विक्रम डि जोशी र हिराल जोशी, कार्यकारी निर्माता सृजना जोशी महर्जन, सह–निर्मात्री सविता गुरुङ रहेकी छिन्। पुरुषोत्तम प्रधानको छायाङ्कन रहेको चलचित्रको कथा निर्देशक बोहोरा र विक्रम डि जोशीले लेखेका हुन् भने पटकथा तथा संवाद भने बोहरा र अभिमन्यु निरवीले मिलेर बनाएका हुन्।