काठमाडौँ - स्पेनीस खेलाडी सेसर एज्पिलिक्वेटाले इङ्ग्लिस क्लब चेल्सीसंग थप दुई वर्षको सम्झौता नवीकरण गरेका छन्। चेल्सीका कप्तान समेत रहेका एज्पिलिक्वेटाले सन् २०२४ सम्म क्लब रहने निर्णय गरेका हुन्।
राइट ब्याक एज्पिलिक्वेटा सन् २०१२ मा फ्रान्सेली क्लब मार्सलीबाट चेल्सीमा आएका थिए। उनले चेल्सीका लागि ४७६ खेलमा १७ गोल गरेका छन्। यस अघि उनी स्पेनिस महारथी बार्सिलोना जाने हल्ला चलेको थियो।
चेल्सी रहँदा उनले प्रिमियर लिग, एफए कप, लिग कप, च्याम्पियन्स लिग, युइएफए सुपर कप र फिफा क्लब विश्वकप उपाधि जितिसकेका छन्।