नेसन्स लिग : क्रोयसिया र फ्रान्स बराबरीमा रोकिए

काठमाडौँ -  क्रोयसियाले सोमबार राति नेसन्स लिगमा फ्रान्सलाई १-१ को बराबरीमा रोकेको छ। विश्व विजेता फ्रान्सले दुई खेलसम्म जित निकाल्न सकेको छैन। पहिलो खेलमा फ्रान्स डेनमार्कसँग २-१ ले पराजित भएको थियो। क्रोएसिया पनि अस्ट्रियासँग ३-० ले निराश भएको थियो। 

स्पेनलाई हराउँदै फ्रान्सले गत संस्करण नेसन्स लिगको उपाधि जितेको थियो। यसअघि ५२औं मिनेटमा एड्रिन राबियोटको गोलमा फ्रान्सले अग्रता लिएको थियो।

खेल सकिन सात मिनेट बाँकी रहँदा क्रोएसिया खेलमा फर्किएको थियो। क्रोएसियाका लागि एन्डरेज क्रामारिचले पाएको पेनाल्टीको सदुपयोग गर्दै टोलीको लगातार दोस्रो हारको संकट टारेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×