सीता दाहालको निधनप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा दु:ख व्यक्त

काठमाडौँ - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री प्रचण्डका श्रीमती सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री मोदीले आज आफ्नो ट्वीटरमार्फत श्रद्धाञ्जली व्यक्त गरेका हुन्। 

उनले भनेका छन्, ‘श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु। प्रधानमन्त्री प्रचण्डप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवङ्गत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु।’

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो। उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएको छ। पशुपति आर्यघाटमा आजै अन्तिम दाहसंकार गरिने छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×