नेपाली रक ब्याण्ड अल्बाट्रसले ल्यायो आठमहिनापछि मर्मस्पर्शी गीत ‘भावना’

काठमाडौँ - नेपाली रक ब्यान्ड अल्बाट्रसका सांगीतिक समूहले नयाँ गीत ‘भावना’ सार्वजनिक गरेको छ। कमै संख्यामा रक जानराका गीत रिलिज भैरहेको बेला मुलुककै पुरानोमध्येको रक ब्यान्डले नयाँ गीत लन्च गरेको हो।

सुपरहिट गीत ‘रातको रानी’ रिलिजको ८ महिनापछि ब्यान्डको नयाँ गीत सार्वजनिक भएको जसलाई रकप्रेमीले रुचाउन सक्छन्। सुशिला दलीको शब्दमा ब्यान्डकै संगीत रहेको छ। हितेश ठकुरीले निर्देशन गरेको भिडियो न्यारेटिभ शैलीमा प्रस्तुत गरिएको छ। एक मूर्तिकारको आन्तरिक र बाह्य भावनात्मक उतारचढाव यसमा प्रस्तुत गरिएको छ।

भूमिकामा चर्चित अभिनेता सुदाम सिकेले अभिनय गरेका छन्। भिडियोमा पात्रको भावनात्मक स्पष्टतालाई प्रस्तुत गर्न दुईथरी रङ पोतिएको छ जसलाई सुदामले न्याय गरेका छन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×