‘ब्रह्मास्त्र’को गीत ‘केशरियाँ’ रिलिज

काठमाडौँ - रणवीर कपुर र आलिया भट्ट स्टारर बलिउड फिल्म ‘ब्रह्मास्त्र’को पहिलो गीत ‘केशरियाँ’ रिलिज भएको छ। हिन्दी सिनेमा ब्रमास्त्रको गीत ‘केसरिया’ रिलिजको केही समयमा नै भाईरल बनेको छ। यस गीत केही महिना अगाडी टेजर सार्वजानिक गर्दा देखिनै दर्शक माझ लोकप्रिय बनेको थियो।

रणवीर कपूर र उनकी पत्नी आलिया भट्ट चलचित्रको मुख्य भुमिकामा रहेका छन्। उनीहरुको भिडियोमा रोमाञ्स दर्शकद्धरा निकै नै मन पराईएको छ।  यस गीतले सार्वजनिक भएको केही घण्टामा नै मिलियन भिउज कमाइसकेको छ। गीतमा अर्जित सिंङको आवाज, अमिताभ भट्टाचार्यको शब्द र प्रितमको संगीत रहेको छ।

फिल्ममा रणवीर र आलियासँगै अमिताभ बच्चन, मोनी रोय र अक्किनेनी नागार्जुनको मुख्य भूमिका रहेको छ। ब्रह्मास्त्रले प्रदर्शन हुनुभन्दा अगाडि नै यो फिल्म वाल्ट डिज्नी स्टुडिओ पिक्चर्सको ग्लोबल रिलिज क्यालेन्डरमा परेर कीर्तिमानी राखेको छ। यस सूचीमा पर्ने पहिलो भारतीय फिल्म ब्रह्मास्त्र बनेको छ।

ग्लोबल रिलिज क्यालेन्डरमा परेसँगै फिल्म आउँदो सेप्टेम्बर ९ तारिखमा विश्वभर एकसाथ प्रदर्शन हुनेछ। फिल्म हिन्दी, तमिल, तेलुगु, कन्नड र मलयालम गरी ५ भाषामा प्रदर्शन हुनेछ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×