कपिलवस्तु - वाणगङ्गा नगरपालिका - ९ स्थित कोइली नदी तर्ने क्रममा बगाएर सोही नगरपालिका -७ बाडीगाँउ बस्ने ३१ वर्षीया राममाया सुनारको मंगलबार बिहान मृत्यु भएको छ।
राममाया, उनको श्रीमान ३६ वर्षीय दिल कुमार सुनार र छोरा १२ वर्षीय निरज सुनारलाई उक्त खोलाले बगाएका थियो। छोरा निरजको सकुशल उद्धार गरिएको छ।
इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा सोही खोलाको किनारमा राममायाको शव फेला पारेको थियो। बेपत्ता भएका दिल कुमारको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।