काठमाडौँ। रंगहरुको चाड होली नजिकिएसँगै होलीसम्बन्धि नयाँ गीतहरू आउन थालेका छन्। यसैबिच भूपू पाण्डेको आवाज, संगीत तथा संयोजन रहेको गीत 'ह्यापी होली' सार्वजनिक भएको छ। गीतमा राजेश अर्यालको शब्द रहेको छ।
गीतको भिडियोमा भिजु पार्की, कविता नेपाली, बिना राउत, सरोज प्रजा, उषा उप्रेती, डिमोन क्षेत्री, गरिमा शर्मा, प्रिन्स विश्वकर्मा, रिचा थापा र विजय पुनको अभिनय रहेको छ। सुरजदेव कुसुम्यको निर्देशनमा तयार भएको गीतको भिडियो युट्युब च्यानल 'राजेश अर्याल'बाट सार्वजनिक गरिएको हो।
भिडियो: