एकता कपूरको भयो अपहरण? [भिडियो]

भारत। एकता कपूरको एक भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। जसमा दुई नकाबधारी मान्छे अचानक आएर उनलाई बन्दुक देखाउछन्। खासमा एकता सोमबार यानिकी २१ फेब्रुअरी साँझ बालाजी अफिसबाट बाहिर निस्किएर पपराजीलाई पोज दिन थाल्छिन्। तर, अचानक दुई नकाबधारी मान्छे आउँछन्। त्यसमध्ये एकले एकतालाई बन्दुक देखाएर कारमा बस्न भन्छन्, र दोस्रो मान्छेले सबै क्यामेरा बन्द गर्न भन्छन्। पपराजी तथा उपस्थित मान्छेहरुलाई चकित पर्दै ति दुई नकाबधारीले एकतालाई कारमा बसाएर कतै लैजान्छन्।

भिडियो हेर्दा यो एक प्र्यांक भिडियो हो की जस्तो लाग्छ। जुन उनले जानीजानी आफ्नो आउँदो रियालिटी शोका लागि गरेकी हुन्। सञ्जाल प्रयोगकर्ता के भएको भन्ने प्रश्न सोधिरहेका छन्। त्यसैगरि केहि मान्छे अड्कल काटिरहेका छन् कि यो आउँदो कार्यक्रमको प्रचारका लागि गरिएको हो। उनको आउँदो कार्यक्रम 'लकअप' २७ फेब्रुअरीबाट प्रसारणमा आउँदैछ।
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×