इंग्लिस प्रिमियर लिगमा आज ७ खेल

काठमाडौँ - इंग्लिस प्रिमियर लिग अन्तर्गत आज ७ वटा खेल हुँदैछन्। प्रिमियर लिगमा शनिबार आर्सनल, चेल्सी, लिभरपुल लगायतका टोलीको खेलहरु हुने छन्।

प्रिमियर लिगको लिग लिडर आर्सनलले घरेलु मैदानमा टोटेनहमको सामना गर्नेछ। आर्सनल र टोटेनहमबीचको खेल नेपाली समय अनुसार साँझ ५:१५ बजे सुरु हुनेछ। आर्सनल टोटेनहमलाई हराएर शीर्ष स्थान कायम राख्न चाहन्छ। आर्सनलले ७ खेलमा १८ अंक जोडेको छ।

टोटेनहम आर्सनललाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ। तेस्रो स्थानको टोटेनहमको १७ अंक रहेको छ। चेल्सीले क्रिस्टल प्यालेससँग खेल्नेछ। खेल ७:४५ बजे सुरु हुनेछ।लचेल्सी १० अंक जोडेर सातौं स्थानमा रहेको छ।

लिभरपुलले ब्राइटनसँग घरेलु मैदानमा खेल्नेछ। लिभरपुल आठौं स्थानमा रहेको छ। टोटेनहम चौंथो स्थानमा रहेको छ।

यस्तै एभर्टन र साउथह्याम्पटन तथा वेस्ट ह्याम र उल्भ्सबीच खेल हुनेछ। फुलहम र न्युकासल तथा बर्नेमाउथ र ब्रेन्टफोर्डबीच प्रतिस्पर्धा हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×