कहिलेसम्ममा सुध्रिन्छ मौसम ? यस्तो छ मौसमविद्को अनुमान

काठमाडाैं । आउँदो मङ्गलबारपछि मात्र मौसममा सुधार आउने भएको छ ।


जल तथा मौसम विज्ञान विभागका अनुसार अझै दुई दिन बदली रहने हुँदा देशका अधिकांश भूभागमा घाम नलाग्ने, कतै कतै पानी पर्ने र हिमपात हुनेछ ।

शनिबार बिहानदेखि नेपाल प्रवेश गरेको नयाँ पश्चिमी न्यूनचापीय प्रणालीका कारण शनिबार नेपालको पश्चिमी भेग बढी प्रभावित रह्यो ।

अन्य क्षेत्रमा आंशिक बदलीको अवस्था कायम भएको थियो तर अपराह्नदेखि मध्य तथा पूर्वी नेपालका धेरै जस्तो भेगमा बदली बाक्लो बनेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मङ्गलबारपछि मात्र मौसम खुल्ने देखिएको मौसमविद् सजिना शाक्यले बताइन्।

आइतबार र सोमबार देशव्यापी रूपमा बदलीको चाप बढ्नेछ । सो अवधिमा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र अन्य प्रदेशका पनि थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

उच्च हिमाली र उच्च पहाडी भेगमा हिमपात हुनेछ । मौसम बदली थपिँदा थप चिसो महसुस गरिएको छ । अधिकतम तथा न्यूनतम दुवैथरी तापक्रममा गिरावट आएको छ । जसका कारण देशका केही स्थानको जनजीवनमा बढी असर परेको छ । गोरखापत्र दैनिकमा खबर छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×