टोटनहमको अपराजित यात्रा कायम

काठमाडौँ - ह्यारी केनको दुई गोलमा टोटनहमले आइतबार इंग्लिस प्रिमियर लिगमा नटिङ्घम फरेस्टलाई २-० को गोलान्तरले पराजित गरेको छ। योसँगै टोटनहमले नयाँ सिजन लिगमा आफ्नो अपराजित यात्रा कायम राखेको छ।

फरेस्टविरुद्ध केनले पाँचौं र ८१औं मिनेटमा गोल गरेका थिए। फरेस्टका गोलरक्षक डिन हेन्डरसनले केनको पेनाल्टी प्रहारमा बचाउ गर्दै गोल हुनबाट रोकेका थिए। पूरा खेल अवधिमा उनले एकभन्दा बढी अवसरमा शृंखलाबद्ध बचाउ गरेका थिए।

यो जितपछि टोटनहम ४ खेलबाट १० अंकका साथ तेस्रो स्थानमा रहेको छ। उसको अगाडि १२ अंकसहित आर्सनल शीर्ष र समान १० अंकमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×