जुनियर स्टार क्रिकेट लिगः सिद्धार्थनगर वारियर्स विजयी

काठमाडौँ - सिद्धार्थनगर वारियर्सले शुक्रबार कारोलिनास रूपन्देही जुनियर स्टार क्रिकेट लिगमा ओमसतिया स्टारलाई १ सय ७ रनले पराजित गरेको छ। देवदहस्थित क्रिकेट मैदानमा टस जितेको सिद्धार्थनगरले ४० ओभरमा ६ विकेट गुमाई १ सय ७८ रन बनाएको थियो।

संगम पाण्डेले सर्वाधिक ४९ र अलदीप क्षेत्रीले ३४ रन बनाएका थिए। ओमसतियाका बद्री यादवले २, अनिल यादव, नीरज महर्जन र शुभम खनालले १/१ विकेट लिएका थिए।

जवाफमा ओमसतिया २१.३ ओभरमा ७१ रनमै अलआउट भयो। इजाजुल हकले १४ र शैलेन्द्र यादवले ११ रनमात्र बनाएका थिए। सिद्धार्थनगरका ब्रिजेश थारु र अर्जुन करुसले ३ तथा तुसार चौहानले २ विकेट लिएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×