काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टोलीको टि-२० अन्तराष्ट्रिय क्रिकेटको वरीयतामा यथावत रहेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपालको टि-२० वरीयता यथावत रहेको हो।
नयाँ वरीयतामा नेपाल १६ औं स्थानमा रहेको छ। अघिल्लो वरीयतामा पनि नेपाल १६ औं स्थानमा रहेको थियो। नयाँ वरीयतामा भारत शीर्ष स्थानमा रहेको छ।