सलमानको चलचित्रलाई १ सय ३० करोडको प्रस्ताव

भारत। बलिउड अभिनेता सलमान खान अर्को महिनाबाट चलचित्र ‘कभी इद कभी दिवाली’को छायांकनमा व्यस्त हुनेछन्। साजिद नाडियाडवालाको प्रोडक्सनमा निर्माण हुन लागेको चलचित्रको छायांकन १५ मार्चबाट सुरु हुने जनाईएको छ। 

 निर्माण पक्ष यो चलचित्र रिलिजपछिको सबैभन्दा ठूलो डिजिटल र स्याटेलाइट सम्झौता तयारीमा रहेको छ। चलचित्रको डिजिटल र स्याटेलाइट प्रदर्शनका लागि १ सय ३० करोड भारतीय रुपैयाँ प्रस्ताव गरिएको छ। तर, निर्माण पक्षले १ सय ५० करोडको माग राखेको छ।  

चलचित्र सिनेमाघरमा प्रदर्शन भइसकेपछी पनि डिजटल प्लेटफर्ममा राम्रो व्यापार गर्ने विश्वास डिजिटल प्लेटफर्म सञ्चालकले गरेका छन्। चलचित्रमा अभिनेत्री पूजा हेगडे पहिलोपटक सलमानसँग काम गर्दैछिन्। चलचित्र 

सलमान खानसँग यो फिल्ममा अभिनेतृ पूजा हेगडे पहिलोपटक ‘स्क्रिन सेयर’ गर्दै छिन् । खबरका अनुसार चलचित्र २०२२मा प्रदर्शनमा आउने सम्भावना रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×