भारत। बलिउडमा अहिले विक्की कौशल र केटरिना केफको विवाहको निकै चर्चा भइरहेको छ। तर, विवाहको बारेमा जोडीले अहिले सम्म कुनै पनि आधिकारिक जानकारी दिएका छैनन्। प्रशंसकहरुले उनीहरुको हरेक कृयाकलापलाई उनीहरुको विवाहसँग जोडेको देख्न सकिन्छ। यसैबिच विक्की कौशलले आफ्नो सामाजिक सञ्जालमा दुबईमा गरेको रमाइलोको तस्विर राखेका छन्। जसमा उनले "याल्ला म अहिले पनि आबुदावीमा बिताएको सुन्दर दिनलाई कल्पना गरिरहेको छु।" लेखेका छन्। उनको उक्त तस्विर सार्वजनिक भएसँगै प्रशंसकहरुले उनले व्याचलर्स पार्टी मनाईरहेको अनुमान लगाईरहेका छन्।
