पुरुष ट्रिपल जम्पमा आर्मीका डिल्लीलाई स्वर्ण

पोखरा - नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्सको पुरुष ट्रिपल जम्पमा त्रिभुवन आर्मी क्लबका डिल्ली खत्रीले स्वर्ण पदक जितेका छन्।

पोखरा रंगशालमा बिहीबार बिहान १३.९५ मिटर जम्प गर्दै उनले स्वर्ण जितेका हुन्।

नेपाल पुलिस क्लबका चन्द्रदेव जोशीले १३.५५ मिटर जम्प गरेर रजत जितेका छन्। यस्तै बागमती प्रदेशका सुदिप महतोले १३.४४ मिटर जम्प गरेर कांस्य पदक जितेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×