काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सिंहदरबारका भवनहरूको आज अवलोकन गर्ने भएकी छन्। उनका सल्लाहकार राजकुमार राईका अनुसार, भण्डारीले आइतबार अपरान्ह २ बजे सिंहदरबार पुगेपछि आगजनीबाट प्रभावित भागहरूको निरीक्षण गर्ने कार्यक्रम तय गरिएको छ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सिंहदरबारस्थित विभिन्न भवनहरूमा आगजनी र तोडफोड भएको थियो। आन्दोलनपछि पूर्वराष्ट्रपतिद्वारा हुने यो पहिलो औपचारिक अवलोकन हो।