प्रोत्साहन भत्तावापत शिक्षकलाई एक लाख प्रदान

पाल्पा । तानसेन नगरपालिकाले स्वेच्छिक अवकाश गर्ने शिक्षकलाई एक लाख प्रोत्साहन भत्ता प्रदान गर्न थालेको छ । शिक्षक दरबन्दी मिलानमा समस्या देखिएपछि नगरपालिकाले प्रावि तहका १० शिक्षकलाई प्रोत्साहन सुविधा प्रदान गर्न थालेको हो ।

राजीनामा स्वीकृत भएपछि अवकाश गर्ने शिक्षकले एक लाख प्रोत्साहन भत्ता पाउने भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले बालविकास सहजकर्तालाई मासिक  हजार पारिश्रमिक उपलब्ध गराउन थालेको छ ।

यसैबीच विद्यालयका सहयोगी, सहायक कर्मचारी, बालविकास सहजकर्ता र सामुदायिक सिकाइ केन्द्रमा कार्यरत परिचालकको न्यूनतम पाश्रिमिक मासिक रु १५ हजार उपलब्ध गराउन थालिएको नगर प्रमुख अशोककुमार शाहीले बताउनुभयो ।

यसअघि बालविकास सहजकर्ताको पारिश्रमिक रु छ हजार ५०० रहेको थियो । न्यूनतम पारिश्रमिकमा दिनभर ससाना बालबालिकालाई पठनपाठन गराउनुपर्ने बाध्यता रहेको थियो । बालविकास सहजकर्ताको तलब पुनरावलोकन समितिको गत कात्तिक १५ गतेको बैठकको निर्णयअनुसार नगरपालिकाले पारिश्रमिक बढाएको हो । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×