सुनसरी - बराहक्षेत्र नगरपालिका–२ तेह्रआडीस्थित कोशी नदीको किनारबाट अवैध लागूऔषध गाँजा करिब १ सय ६३ किलो ८ सय ४५ ग्राम गएराति प्रहरीले बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चतरा समेतबाट खटिएको प्रहरीले नदीको किनारमा वेवारिसे अवस्थामा रहेको ५ वटा बोरामा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।