‘डाँडाको वरपीपल’को सिक्वेल बनाउँदै शोभित

काठमाडौँ - निर्देशक शोभित बस्नेतले फिल्म ‘डाँडाको वरपीपल २’ निर्माण गर्ने भएका छन्। यद्यपि सलोन बस्नेत र रुविना थापा अभिनित फिल्म ‘डाँडाको वरपीपल’ भने बक्स अफिसमा असफल ठहरिएको थियो।

सिनेमा हलमा कमजोर देखिएको भए पनि युट्युबमा सकारात्मक प्रतिक्रियासहित उल्लेख्य भ्युज आएकाले यो फिल्मको दोस्रो श्रृंखला बनाउन लागेको शोभितले बताएका छन्।
‘डाँडाको वरपीपल रिलिजका बेला विभिन्न विवाद र परिस्थितिले धेरै दर्शकमाझ पुग्न सकेका थिएनौं। पहिलो शृंखलामा पनि हामीले दोस्रो पार्टका लागि ठाउँ छाडेको थियौं, त्यसैको निरन्तरता पनि हो,’ शोभितले भने।

फिल्मको निर्माण सलोन फिल्म्सले गर्ने भए पनि बुढासुब्बा मुभिजसँग पनि सहकार्य हुन सक्ने उनले बताएका छन्। फिल्ममा सलोन र रुविनाका साथै सरोज खनाल, गौरी मल्ल लगायतको अभिनय रहने भनियता पनि टुंगो भने लागिसकेको छैन।

सिनेमा हलमा असफल भए पनि ‘डाँडाको वरपीपल’लाई युट्युबमा भने रुचाइएको छ। युट्युबमा रिलिज भएको १८ घण्टामा नेपाल ट्रेण्डिङमा एक नम्बरमा उक्लिंदै फिल्मले १६ लाख बढी भ्युज पाइसकेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×