‘च्याम्पियन्स अफ फिल्म हेरिटेज’अवार्डबाट गुरागाईं पुरस्कृत

काठमाडौँ - चलचित्र विकास बोर्डका सूचना अधिकृत चिरञ्जीवी गुरागाईं ‘च्याम्पियन्स अफ फिल्म हेरिटेज’ अवार्डबाट पुरस्कृत भएका छन्। उनलाई भारतस्थित फिल्म हेरिटेज फाउन्डेसन र फेडरेसन अफ इन्टरनेसनल फिल्म अर्काइभले संयुक्त रूपमा पुरस्कृत गरेको हो।

गुरागाईंलाई पुराना नेपाली चलचित्रहरूको डिजिटाइजेसन मार्फत संरक्षणमा योगदान गरेको भन्दै पुरस्कृत गरिएको हो। ‘यसलाई उपलब्धिका रूपमा लिएको छु। रिलमा निर्माण भएका चलचित्र लोप हुन लागेका थिए, जसलाई संरक्षण गर्न नयाँ प्रविधिमा रूपान्तरण गरेर राज्यलाई योगदान गर्ने अवसर पाएँ,’ उनले भने।

गुरागाईंले ‘आमा’, ‘हिजो आज भोलि’, ‘मनको बाँध’, ‘परिवर्तन’, ‘कुमारी’, ‘जीवन रेखा’, ‘के घर के डेरा’, ‘सिन्दूर’ ‘बदलिँदो आकाश’ र  ‘शान्तिदीप’ चलचित्रलाई डिजिटाइजेसन गर्न भूमिका खेलेका थिए। उनले नेपालको विकास निर्माण दस्ताबेजका रूपमा राखिएका पुराना वृत्तचित्रलाई डिजिटाइजेसन गरेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×