उर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको ‘उज्यालो नेपाल पार्टी’ आज औपचारिक रूपमा घोषणा हुँदै

काठमाडौँ । उर्जामन्त्री तथा सुविख्यात प्रशासक कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी आज (बुधबार) काठमाडौँमा औपचारिक रूपमा घोषणा हुँदैछ। पार्टीले कमलादीस्थित प्रज्ञा भवनमा दिउँसो १ बजेदेखि ४ बजेसम्म घोषणा सभा आयोजना गरेको छ।

कार्यक्रममा मन्त्री कुलमान घिसिङ प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। सो अवसरमा पार्टीले आफ्नो दीर्घकालीन दृष्टि, मूल ध्येय तथा कार्ययोजनासहितको ‘घोषणापत्र २०८२’ सार्वजनिक गर्ने तयारी गरेको छ।

गत मंसिर १२ गते जारी गरिएको विज्ञप्तिमा उज्यालो नेपाल पार्टीले आफूहरु केवल अर्को नयाँ दल मात्र नभई “उज्यालो सपना साकार पार्न सक्षम नेतृत्व, कार्यकुशलता र अनुभव भएको वैकल्पिक विकल्प” भएको दाबी गरेको थियो।

नयाँ दलको उदयसँगै राजनीतिक वृत्तमा यसले कस्तो प्रभाव पार्ला भन्नेबारे चासो बढेको छ

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×