काठमाडौँ - १४ असोजमा प्रदर्शनमा आउने फिल्म हो ‘बाबरी’। ३१ भदौमा प्रदर्शनको तयारीमा रहेको यो फिल्मले हालै रिलिज मिति परिवर्तन गरेको हो। रिलिज मिति परिवर्तन गरेपनि फिल्मले प्रचार प्रसार भने गरिरहेको छ।
यस्तैमा निर्माण युनिटले फिल्मको ट्रेलर सार्वजनिक गरेको छ। राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरमा २ युवक १ युवतीको प्रेममा डुबेपछि आउने उतार-चढावलाई समेटेको छ।
त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा २ धिरज र अदितीका अलावा बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दिलिप गुरुङ लगायतको पनि अभिनय रहेको छ।
धीरज नाडकरले यसै फिल्मबाट अभिनयमा डेब्यू गरेका हुन्। गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी निर्माता रहेको फिल्मको सह-निर्मातामा सुस्मा गुरुङ छिन्।
सुरेन्द्र पौडेलको निर्देशन रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा, सुजन चापागाईँ र अनमोल गरुङको संगीत रहेको छ। फिल्ममा रित सिंह बोहोरा, सिजन दाहाल, मनोज त्रिपाठी र किशोर नेपालको पटकथा तथा संवाद र नरेन्द्र मैनालीको छायांकन रहेको छ।
फिल्मको ‘बाबरी रंग’ र ‘चुलबुल चुलबुल’ गीत यतिबेला चर्चामा रहेको छ।