टी-२० विश्वकप: पाकिस्तानविरुद्ध भारतको रोमाञ्चक जित

काठमाडौँ - अस्ट्रेलियामा जारी टी-२० विश्वकपमा भारतले पास्कितानविरुद्ध जित हात पारेको छ। उसले सुपर १२ अन्तर्गत समूह ‘दुई’को खेलमा ४ विकेटको जित हात पारेको हो।

निकै प्रतिस्पर्धात्मक खेलमा १६० रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट गुमाउँदै भेट्टायो। उसका लागि अविजित रहेका विराट कोहलीले ५३ बलमा ६ चौका र ४ छक्कासहित ८२ रनको उत्कृष्ट पारी खेलेका थिए।

हार्दिक पाण्ड्याले ४० तथा सूर्यकुमार यादवले १५ रन बनाएका थिए। कोहली र पाण्ड्याले पाँचौँ विकेटका लागि ११३ रनको साझेदारी गरेका थिए। पाकिस्तानका लागि मोहम्मद नवाज र हरिस रौफले २/२ तथा नीशम शाहले १ विकेट लिँदा १ विकेट रन आउटका रुपमा प्राप्त भयो।

त्यसअघि मेलर्बन क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५९ रन बनाएको थियो। उसका लागि शान मसुद र इफ्तिखर अहमदले अर्धशतकीय पारी खेलेका थिए।

५२ रनमा अविजित रहेका मसुदले ४२ बलमा ५ चौका प्रहार गरेका थिए। अहमदले ३४ बलमा ४ छक्का र २ चौकासहित ५१ तथा शहिन शाह अफ्रिदीले १६ रन जोडेका थिए। मसुद र अहमदले तेस्रो विकेटका लागि ७६ रनको साझेदारी गरेपछि पाकिस्तान प्रतिस्पर्धात्मक योगफलसम्म पुगेको थियो।

भारतका लागि हार्दिक पाण्ड्या र अर्शदीप सिंहले ३/३ तथा भुवनेश्वर कुमार र मोहम्मद शामीले १.१ विकेट हात पारेका थिए। यो जितसँगै भारतले २ अंक जोड्दा पाकिस्तानले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×