ओलीले बुबा र ठूलीआमाको हातबाट लगाए टीका

काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बडा दसैंको टीका ग्रहण गरेका छन्। गृहजिल्ला झापमा रहेका ओलीले दमकस्थित आफ्नै निवासमा दसैंको टीका ग्रहण गरेका हुन्।

झापाको दमकस्थित आफ्नै निवासमा रहेका ओलीले विजया दशमीको दिन बुधबार बुबा मोहनप्रसाद ओली र ठूली आमा हरीमाया ओलीको हातबाट बडा दसैंको टीका लगाएका हुन्। उनले पत्नी राधिका शाक्यलाई पनि बडा दसैंको टीका लगाइदिएका छन्। सोहीक्रममा ओलीले आफन्त र सर्वसाधारणलाई पनि टीका लगाएका थिए।

टीका लगाउन पार्टीका स्थानीय नेता, कार्यकर्ता, समर्थक, शुभेच्छुक दमकस्थित ओली निवास पुगेका थिए। ओलीले उनीहरूलाई टीका र प्रसाद प्रदान गरेका थिए।

ओली बुधबार नै काठमाडौं फर्किने कार्यक्रम रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×