आज देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली

काठमाडौँ- अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ। काठमाडौँ उपत्यकासहित वाग्मती, गण्डकी र प्रदेश-१ को मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ भने अन्य प्रदेशको मौसम आंशिक बद्ली छ।

तराईका जिल्लामा अहिले हुस्सु, कुहिरो लागेको छ। पश्चिमी वायुको प्रभावका कारण आज दिउँसाे प्रदेश-१ का केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिए। मौसमविद्का अनुसार भोलिदेखि फेरि पश्चिमी न्यून चापीय प्रणालीको असर पर्ने सम्भावना छ।

विशेषगरी यो प्रणालीको असर पश्चिमी क्षेत्रमा धेरै पर्ने मौसमविद्ले बताए। भोलि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातको सम्भावना छ। पर्सि भने वाग्मती, प्रदेश-१ र मधेस प्रदेशका केही ठाउँमा पनि पानी पर्ने मौसमविद्ले बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×