विश्वकप फाइनलको बेला फ्रान्सका तीन खेलाडी बिरामी

काठमाडौँ - विश्वकप २०२२ को फाइनलमा पुगेको टोली फ्रान्सका तीन खेलाडी अस्वस्थ भएका छन्। आइतबार हुने खेलमा उपाधिका लागि अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्न लागेको टोलीका राफेल वरान, इब्राहिम कोनेट र किंग्स्ली कोमान खेल अगाडि अस्वस्थ भएका हुन्।

खेलाडी चिसोका कारण अस्वस्थ भएको अनुमान स्वास्थ्य टोलीले गरेको छ। तीनैजना खेलाडी बिहीबार र शुक्रबारका प्रशिक्षणमा पनि सहभागी हुन सकेका थिएनन्। कोमान मोरक्कोसँगको सेमिफाइनल खेलमा सब्स्टिच्युट खेलाडीको रूपमा रहेका थिए। जो मैदानमा उत्रिएनन् भने वरान र कोनेट फ्रान्सको मुख्य डिफेन्सको रूपमा खेल्दै आएका थिए.

फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले वरान र कोनेटको स्वास्थ्यले आफूहरूलाई चिन्तित बनाएको बताएका छन्। साबिक विजेता फ्रान्स यो पटक उपाधि रक्षा अभियानमा रहेको छ। जहाँ फाइनलमा उसको भेट २ पटकको विश्व विजेता अर्जेन्टिनासँग हुँदैछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×