काठमाडौँ - एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले एएफसी एसियन कप-२०२३ आयोजनाका लागि आयोजक राष्ट्रका लागि आह्वान गरेको बोलपत्रको समय थप गरेको छ।
एएफसीले मंगलबार एसियन कप आयोजनाका लागि इच्छुक राष्ट्रलाई दाबी पेसको समय थप गरिएको जनाएको हो। एएफसीले १५ जुलाईसम्म दाबी पेस गर्न सकिने बताएको छ।
यसअघि ३० जुनसम्मको मिति तोकिएको थियो। कोरोना महामारीलाई कारण देखाउँदै चीनले आयोजकबाट नाम फिर्ता लिएपछि एएफसीले नयाँ आयोजक राष्ट्रको लागि बोलपत्र आह्वान गरेको हो।
एसियन कपमा २४ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्।