कपिलवस्तुमा सशस्त्र प्रहरीको गाडी दुर्घटना, २ जनाको मृत्यु

कपिलवस्तु - कपिलवस्तुको वाणगंगा नगरपालिकामा ३ सिउटीमा सशस्त्र प्रहरीको गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। शुक्रबार साँझ सशस्त्र प्रहरी सवार ट्रक दुर्घटनामा परि एक स्थानीयबासीसहित २ जनाको मृत्यु भएको हो।

सशस्त्र प्रहरी सवार ना १ ग ५५४ नं. को मिनी ट्रक  दुर्घटना हुँदा  सशस्त्र प्रहरी  जवान रमेश चौधरी र स्थानीय साइकलयात्री अमर तङनामीको मृत्यु भएको छ। दुर्घटनामा स्थानीय सागर पाण्डे, राजु चौधरी र कुलबहादुर घर्ती गम्भीर घाइते भएका छन्। उनीहरुलाई  थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ।

यस्तै सशस्त्र प्रहरी जवान गोविन्द सुवेदी, जनक चौधरी, प्रेम मल्लको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। घटनापछि स्थानीयले प्रहरीको लापरबाहीले दुर्घटना भएको भन्दै विरोध प्रदर्शन गरेका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×