बार्सिलोनामाथि छानबिन गर्न पिएसजी अध्यक्षको माग

काठमाडौँ - फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का अध्यक्ष नासेर अल खेलाफीले बार्सिलोनामाथि छानबिनको माग गरेका छन्। उनले स्पेनिस क्लबको आर्थिक कोष निमार्ण गर्ने तरिका अनुचित भएको भन्दै युइएफएसमक्ष छानबिनको माग गरेका हुन्।

चर्को ऋण र ला लिगाको आर्थिक नियमनका कारण खेलाडी दर्ता र पारिश्रमिकका लागि संघर्ष गरिरहे पनि बार्सिलोनाले यस सिजन ठूलो रकम खर्च गरी ३ खेलाडी भित्र्याएको थियो। यस सिजन रोवर्ट लेवान्डोवस्की, जुलेस कुन्डे र राफिन्हालाई मोटो रकम खर्च गरी भित्र्याएको बार्सिलोनाले फ्रि ट्रान्सफरमा पनि केही खेलाडीलाई ल्याएको थियो।

बार्सिलोनाले खेलाडी अनुबन्धको रकम जुटाउनका लागि २५ प्रतिशत भविष्यको ला लिगा मिडिया अधिकारको २५ प्रतिशत र ‘इन हाउस प्रोडक्सन कम्पनी’ बार्सा स्टुडियोको ४९ प्रतिशत सेयर बेचेको थियो।

बार्सिलोनाका अध्यक्ष जोन लार्पोटाले यसबाट क्लबको आर्थिक स्थिति सुधार हुने जनाए पनि लिग वान विजेता टोलीका अध्यक्ष खेलाफीले भने यसको छानबिन गर्न माग गरेका हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×