चिल्ली खोलामा मोटरेवल पुल बन्यो

काठमाडौँ - चिल्ली खोलामा मोटरेवल पुल निर्माण गरिएको छ। 

लमजुङको राइनास नगरपालिका–१ र दूधपोखरी गाउँपालिका–५ लाई  जोड्न चिल्ली खोलामा पुल निर्माण गरिएको हो। पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर सुमन गिरीका अनुसार गण्डकी प्रदेश सरकारको रु. दुई करोड ५२ लाख १९ हजारमा पुल निर्माण सम्पन्न भएको हो। डेबस्यार गरवासी रुम्बा जेवि निर्माण कम्पनीले २०७६ चैतमा पुल निर्माण गर्न सम्झौता गरेको थियो। दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि कोरोनाका कारण लकडाउन गरिएपछि काम ढिला सम्पन्न भएको गिरीले बताए। पुलले राइनास नगरपालिका र दूधपोखरी गाउँपालिकालाई जोडेको छ।  

पुल बनेपछि बोराङखोला बिचौर दूधपोखरी सडकमा बाह्रैमास यातायातसेवा सञ्चालन गर्न सकिने बताइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×